आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

राम चन्द्र झा

मत - 13605

राम चन्द्र झा (Ram Chandra Jha)

धनुषा क्षेत्र नम्वर २ बाट यो पटक माधव कुमार नेपाल नेतृत्वको नेकपा एसबाट उम्मेदवार बनेका छन् रामचन्द्र झा । 
कमला नगरपालिका घर भएका झा एमालेबाट राजनीति यात्रा सुरु गरेका थिए । ०७४ को निर्वाचन अघि उनी माओवादीमा पुगे । त्यसपछि नयाँ शक्ति र पुनः माओवादीमै फर्केका उनी अहिले नेकपा एसमा छन् । 
२०५१ र ०६४ को निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित झा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री पनि भए । २०७० को निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेका उनी पराजित भएका । ०७४ मा वाम गठबन्धनको उम्मेदवार बनेका उनलाई तत्कालिन संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया पराजित गरेका थिए ।