आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

राम कृष्ण यादव

मत - 20112

विजयी

राम कृष्ण यादव (Ram Krishna Yadhav)

नेपाली काँग्रेसको तर्फबाट धनुषा २ बाट रामकृष्ण यादव प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । धनुषाको औरही घर भएका ०३३ सालदेखि राजनीतिमा सक्रिय छन् ।
०६४ र ०७० को निर्वाचनमा धनुषा २ बाटै निर्वाचित यादव पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा कृषि मन्त्री भएका थिए । रामचन्द्र पौडेल निकट यादव पार्टीभित्र शालिन नेताको रुपमा चिनिन्छन् । उनी अर्थशास्त्रमा स्नातक अध्ययन गरेका छन् ।
२०५७ देखि ०६४ सम्म नेपाली कांग्रेसको जिल्ला सभापति बनेका यादव ०६४ को संविधानसभा निर्वार्चित भएपछि संसदको सार्वजनिक लेखा समितिको सभापति बनेका थिए । उनले भारत, वेल्जियम, थाइल्याण्ड, जर्मनी, फ्रान्स र स्वीजरल्याण्ड भ्रमण गरेका छन् ।