आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

उमाशंकर अरगरिया

मत - 19955

उमाशंकर अरगरिया (Umashankar Argariya)

धनुषा क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट उम्मेदवार बनेका छन् उमाशंकर अरगरिया । शहिदनगर नगरपालिका घर भएका अरगरिया विद्यार्थी कालबाटै नेपाली काँग्रेसको नेविसंघमा आवद्ध भई राजनीतिक यात्रा सुरु गरेका थिए ।
स्नातक गरेका उनी भ्रष्टाचार विरोधी अभियानी मानिन्छन् । उनी विद्यार्थी राजनीतिमा हुँदा नै भ्रष्टाचार विरोधी अभियान चलाएका थिए । ०६३ मा मधेस आन्दोलन सुरु भएपछि उनी काँग्रेस त्यागे र उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरममा आवद्ध भए । 
०७४ मा तत्कालिन संघीय समाजवादी फोरमबाट धनुषा २ मा उनी झण्डै १५ हजार मतान्तरले विजयी भए । जसपाको उनी प्रमुख सचेतक पनि थिए । जसपा विभाजन हुँदा उनी लोसपा रोजे । उनी केपी शर्मा ओलीको नेतृत्वमा पर्यटन मन्त्री पनि भए ।
मंसिर ४ मा सरकारले निर्वाचनको मिति घोषणा गरिसकेपछि अरगरिया एमालेमा प्रवेश गरे । एमालेबाट उम्मेदवार बनेका उनी मुख्य प्रतिस्पर्धी हुन् । भ्रष्टाचारमुक्त, सुशासन समाज तथा यथाशीघ्र कमला पुल निर्माण गराउन उम्मेदवारी दिएको उनी बताउँछन् ।