आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

आनन्द यादव

मत - 12901

आनन्द यादव (Anand Yadhav)

तीन दशक नेकपा एमालेमा बिताएका गंगाराम यादव यो पटक जनता समाजवादी पार्टी (जसपा)बाट धनुषा २ मा उम्मेदवार बनेका छन् । एमालेले उमाशंकर अरगरियलाई टिकट दिएपछि उनी जसपा प्रवेश गरेर टिकट पाएर चुनावी मैदानमा छन् ।
उनी हंसपुर नगरपालिकाको टिलहीका स्थायी बासिन्दा हुन् । पहिलो श्रीमतीको निधन भएपछि उनी भारत पञ्जावमा दोस्रो विहे गरेका हुन् । भारतमा समेत सम्पत्ति रहेका उनीसँग भारतीय नागरिक पनि रहेको बुझिएको छ । उनी भारतमा ‘नेपाली बाबा’ भनेर चिनिन्छन् ।
निधन भइसकेकी जेठी श्रीमतीका छोरा अमित यादव भने नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाको भोट माग्न थालेपछि गंगारामलाई ठूलो धक्का लागेको छ । उनका छोरा अमित प्राध्यापक हुन् । 
‘परिवारलाई न्याय गर्न नसक्ने नेताले क्षेत्र र देशवासीलाई कसरी न्याय गर्न सक्छ ?’ भनी आफ्नै बुवाका विरुद्धमा अमितले एमाले उम्मेदवार अरगरियाका लागि भोट माग्दै हिँडेका छन् । आमाको निधन भएपछि शव छाडेर भागेको र किरियाकर्म समेत नगरेको आरोप अमितले बुवा गंगाराममाथि लगाएका छन् ।