आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

महेन्द्र बहादुर शाही

मत - 23727

विजयी

महेन्द्र बहादुर शाही (Mahendra Bahadur Shahi)

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका कालिकोटका प्रभावसाली नेता पोलिट व्यूरो सदस्य महेन्द्रबहादुर शाही यस पालि गठवन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । २०६४ र ०७० को संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा सदस्यमा विजयी भएका शाही संघीय उर्जा मन्त्रीको जिम्मेवारी सम्हालि सकेका छन् । वाम गठवन्धनबाट उम्मेदवार बनेका शाहीले २०७४ मा कांग्रेसका भुपेन्द्रजंग शाहीलाई पराजित गरेका थिए । कालिकोटमा पनि गठवन्धन नै बलियो देखिन्छ । शाहीलाई पूर्व माओवादी तथा रास्कोट नगरपालिकाका निवर्तमान नगर प्रमुखसमेत रहेका कासिचन्द्र बराल स्वन्तत्रबाट र एमालेका जिल्ला अध्यक्ष नगिन्द्र शाही (नेशनल) मुख्य चुनौती दिदैछन् ।