आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

अनुराधा थापा मगर

मत - 7127

अनुराधा थापा मगर (Anuradha Thapa Magar)

भक्तपुर क्षेत्र नं २ मा नेमकिपाका प्रतिनिधिसभा उम्मेदवार हुन् अनुराधा थापामगर । उनी यसअघि २०७४ सालको निर्वाचनमा पनि यसै क्षेत्रमा उम्मेदवार बनेकी थिइन् । त्यसवेला उनी तेस्रो स्थानमा आएकी थिइन् ।

नेमकिपाकी केन्द्रीय सदस्यसमेत रहेकी थापामगर २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकबाट पहिलोपटक संघीय संसदमा प्रवेश पाएकी थिइन् ।

नेमकिपाको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी महिला संघको केन्द्रीय अध्यक्षसमेत रहेकी थापामगर भक्तपुरको मध्यपुर थिमि नगरपालिका २ निवासी हुन् । थापामगरको पार्टीको संगठन क्षेत्र नं १ मा जस्तो क्षेत्र नं २ मा बलियो छैन । यस क्षेत्रमा पर्ने सूर्यविनायक नगरपालिकामा नेमकिपाका एकजना पनि जनप्रतिनिधि चुनिन सकेको छैन । मध्यपुर थिमि नगरपालिकामा भने ९ मध्ये एउटा वडामा नेमकिपाले अध्यक्ष जितेको छ ।
 

भक्तपुर क्षेत्र २ का अन्य उम्मेदवारहरू