सत्ता गठबन्धनबाट भक्तपुर क्षेत्र नं २ का साझा उम्मेदवार दुर्लभ थापा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति हुन् । थापा नेपाली कांग्रेस फुटेर कांग्रेस प्रजातान्त्रिक भएदेखि वर्तमान नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षमा खुलेर लागेका छन् । पार्टी एकीकरणपछि थापा १३ औं र १४ औं अघिवेशनबाट भक्तपुर जिल्ला सभापति निर्वाचित हुँदै आफ्नो शक्ति सावित गर्दै आएका छन् ।
२०७४ सालको निर्वाचनमा पार्टीले भक्तपुर क्षेत्र नं २ मा पूर्वसभामुख दमननाथ ढुंगानालाई उम्मेदवार बनाएर पठाएपछि भक्तपुरमा स्थानीय उम्मेदवार नै चाहिने भन्दै विद्रोह गरेका थापालाई नै कांग्रेसले यसपटक टिकट दिएको छ ।