निवर्तमान साँसद सिंह बलरा गाउँपालिका ४ बलरागोटका स्थायी बासिन्दा हुन् । ललितपुर २४ मा पनि उनको घर छ । ०४२ सालदेखि उनले नेपाली काँग्रेसमा आवद्ध भई राजनीतिक यात्रा सुरु गरे ।
०६३ मा अन्तरिम व्यवस्थापिकाको सदस्य भएका सिंह ०७० मा सर्लाही तत्कालिन क्षेत्र नम्वर ६ बाट निर्वाचित भएका थिए । ०७४ मा उनी सर्लाही ४ बाट चुनाव जिते । ०४६ र ६२ सालमा उनी जेल जीवन पनि विताएका हुन् ।
शेखर कोइराला समूहमा रहेकै कारण उनले टिकट पाउनबाट बञ्चित भए र स्वतन्त्र उम्मेदवार बनेर पुनः संसद प्रवेश गर्ने दाउमा छन् ।