सर्लाहीको रामनगर गाउँपालिका घर भएकी मधुमाला यादव पूर्व साँसद शिव पूजन रायकी छोरी हुन् । २६ वर्षीया उनी विएस्सी नर्सिङ पढेकी छन् । वीर हस्पिटलमा कार्यरत उनी जागिर छाडेर अचानक चुनावी मैदानमा उत्रेकी छन् ।
पुरै परिवार माओवादीमा रहेपनि उनी स्वतन्त्र उम्मेदवार बनेपछि चापाकल चुनाव चिन्ह् पाएकी छन् । उनका भाई २२ वर्षीय राजाबाबु यादव माओवादीकै उम्मेदवार भई रामनगर गाउँपालिका प्रमुखमा निर्वाचित भएका छन् ।
उनकी आमा मिनादेवी यादवलाई माओवादीले बन्द सूचीमा राखेको छ ।