अशोक राई जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्ष हुन् । उनी यस अघि नेकपा एमालेको उपाध्यक्ष थिए । एमाले छाडेर उनले समाजवादी पार्टी गठन गरे । खोटाङको किसान परिवारमा जन्मेका राई पुष्पलाल समूहबाट राजनीति थालेका हुन् । तत्कालीन कोर्डिनिसेन केन्द्रका नेता अमृत बोहराबाट २०३३ सालमा उनले पार्टी सदस्यता लिएका थिए । तत्कालीन माले नेता मदन भण्डारीसँग उनले १० वर्ष एउटै कमिटीमा काम गरे । मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकार (२०५१) मा उनी यातायातमन्त्री थिए । २०५३ मा लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीकालमा संसदीय व्यवस्थामन्त्री र २०६१ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री भए ।२०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उमेद्वार बनेका राई एमालेका जयकुमार राईसँग परिाजित भए ।