आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

निरु देवी पाल

मत - 18485

निरु देवी पाल (Niru Devi Pal)

नेकपा एमाले पोलिटब्युरो सदस्य तथा कञ्चनपुर इन्चार्ज निरुदेवी पाल कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ चुनाव लड्दै छिन्। उनी अघिल्लो पटकको समानुपातिक सांसद हुन् ।

लामो समयदेखि कञ्चनपुरमा एमालेको राजनीति गरिरहेकी निरुदेवी २०६४ को संविधानसभाको उपनिर्वाचन लडेकी थिइन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुरा र कञ्चनपुरबाट निर्वाचन जितेका थिए । त्यो बेला कञ्चनपुर छोड्दा भएको उपनिर्वाचनमा पाल पराजित भएकी थिइन् । त्यसपछि अहिले उनी प्रत्यक्ष निर्वाचनमा होमिएकी छन् ।