आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

नारायण प्रकाश साउद

मत - 28136

विजयी

नारायण प्रकाश साउद (Narayan Prakash Saud)

नारायण प्रकाश साउद (एनपि) नेपाली कांग्रेसको तर्फबाट कञ्चनपुर– २ बाट उम्मेदवार बनेका छन् । उनको चुनावमा पहिलो डेब्यु २०५१ सालमा भएको हो । त्यति बेला उनी पराजित भएका थिए । २०५६ मा चुनाव जितेर संसद् पुगेका साउद २०६४ को पहिलो संविधानसभा चुनावमा हारे । २०७० को दोस्रो संविधानसभा चुनावमा साउदले जिते ।

२०७४ मा साउद वाम गठबन्धनका साझा उम्मेदवार एमालेका धामीसँग पराजित भए । अहिले पनि साउद र धामी प्रतिस्पर्धामा छन् । साउद २०७० पछि सुशील कोइरालाको प्रधानमन्त्रीकालमा सिँचाइमन्त्री भएका थिए ।