आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

बीना मगर

मत - 19400

बीना मगर (Bina Magar)

माओवादी केन्द्रको तर्फबाट कञ्चनपुर–१ बाट उम्मेदवार बनेकी छिन् । उनलाई गठबन्धनको साथ छ । उनी पहिलो पटक २०७० सालमा दोस्रो संविधानसभाको चुनावमा उम्मेदवार बनेकी थिइन् । तर, पराजित भइन् । २०७४ सालमा वाम गठबन्धनको तर्फबाट चुनाव जितेकी हुन् । २०७५ मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री बनेकी थिइन् । ओलीले संसद् विघटन गरेपछि राजीनामा दिएकी थिइन् । उनी अहिले एमालेका पूर्वमन्त्री तारा लामा तामाङसँग चुनावी प्रतिस्पर्धामा छन् ।