आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

कर्ण बहादुर मल्ल

मत - 7535

कर्ण बहादुर मल्ल (karna bahadur malla)

अघिल्लो पटक नेपाली कांग्रेसबाट प्रदेश सभामा विजयी भएका कर्ण मल्ल अहिले प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् । अहिले उनी कांग्रेस बिपीबाट प्रतिनिधि सभाको उम्मेदवार भएका हुन् । अघिल्लो पटक प्रतिनिधि सभामा शेरबहादुर देउवालाई जिताउन हिँडेका मल्ल अहिले उनै विरुद्ध चुनावी मैदानमा छन् । यहाँ मल्ललाई नेकपा एमालेले सघाएको छ । यस अघि डडेल्धुरा कांग्रेस सभापति समेत रहेका मल्ल कांग्रेसमा नीति र विधि हराउँदै गएको भन्दै जिल्ला अधिवेशनबाट रुष्ट भएका थिए । स्थानीय तहको निर्वाचनमा एमालेसँग सहकार्य गरेपछि उनलाई पार्टीले कारबाही गरेको थियो । प्रदेश सभाबाट भने उनले राजीनामा दिएका थिए ।