आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

शेर बहादुर देउवा

मत - 25534

विजयी

शेर बहादुर देउवा (sher bahadur deuba)

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट सातौँ पटक चुनाव लड्दै छन् । २०४८ सालको प्रतिनिधिसभामा ‘डेब्यु’ गरेका देउवा त्यसयताका  छ वटै चुनाव जिते ।

२०६४ को पहिलो संविधानसभा डडेल्धुरा र कञ्चनपुरबाट निर्वाचित भएका देउवा  दोस्रो संविधानसभाको चुनावमा डडेल्धुरा र कैलालीबाट निर्वाचित भए । पहिलो संविधानमा कञ्चनपुर र दोस्रो संविधानसभामा कैलाली छोडेर देउवाले डडेल्धुरानै रोजे ।

२०७४ को चुनावमा सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्षतर्फको चुनाव जित्ने कांग्रेसका देउवा एक्लो सांसद हुन् । यो पटक देउवा सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा डडेल्धुराबाट चुनावी मैदानमा छन् ।