आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

ऐन बहादुर महर

मत - 27412

ऐन बहादुर महर (yen bahadur mahar)

एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भइसेका ऐन महर अहिले बझाङमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएका छन् । उनी एमाले केन्द्रीय सदस्य तथा बझाङ सह इन्चार्ज हुन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय रहेका ऐन ३८ वर्षका हुन् । उनी पहिलो पटक संसदीय निर्वाचनमा होमिन लागेका हुन् । उनको प्रतिस्पर्धा बझाङमा दुई पटक सम्म एमालेबाट सांसद भएर एक पटक मन्त्री भइसकेका भानुभक्त जोशीसँग छ ।