आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

शेर बहादुर कुँवर

मत - 19534

विजयी

शेर बहादुर कुँवर (sher bahadur kunwar)

बहालवाला श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर एकीकृत समाजवादीको तर्फबाट अछाम– १ मा चुनावी मैदानमा छन् । उनलाई चुनावमा सत्ता गठबन्धनको साथ छ ।  गत फागुन २० गतेसम्म राष्ट्रियसभा सदस्य भएका कुँवर गैर सांसदका रूपमा अहिले मन्त्री छन् । कुँवर २०६४ सालबाट पहिलो संविधानसभा निर्वाचनमा अछाम–१ बाट निर्वाचित भएका थिए । २०७४ सालमा राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशबाट निर्वाचित भएका थिए ।