आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

जनार्दन शर्मा

मत - 39549

विजयी

जनार्दन शर्मा (Janardan Sharma)

एक निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा गठवन्धन र एमालेको मुख्य प्रतिस्पर्धा हुनेछ । माओवादीको आधार इलाका रुकुममा गठवन्धनका तर्फबाट नेकपा माओवादीका प्रभावसाली नेता एवम् अर्थ मन्त्री जनार्दन शर्मा उम्मेदवार बनेका छन् । शर्मा २०६४ यताका सबै निर्वाचनमा लोकप्रिय मतसहित विजयी हुँदै आएका छन् । २०७४ को निर्वाचनमा वामगठवन्धनबाट उम्मेदवार बनेका शर्माले कांग्रेसका गोपालजंग शाहलाई पराजित गरेका थिए । पार्टी उपमहासचिवसमेत रहेका शर्मालाई उज्यालो नेपालका अभियान्ता मानिन्छ । गृह, उर्जा तथा जलस्रोत मन्त्रीको अनुभव शर्मासँग छ । २०४८ सालमा जनमोर्चाबाट चुनाव लडेका शर्मालाई शाहले हराएका थिए । तर त्यस यताका निर्वाचनमा शर्माले शाहलाई लगातार हराउँदै आएका छन् ।