आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

हृदयराम थानी

मत - 34625

विजयी

हृदयराम थानी (hridayaram thani)

नेपाली कांग्रेसमा केन्द्रिय सदस्यसमेत रहेका हृदयराम थानी सुर्खेतमा संस्थापन इतर पक्षका बलिया नेताका रुपमा चिनिएका थानीले २०५१ सालदेखि लगातार चुनाव लड्दै आएका छन् । २०५६ को प्रतिनिधिसभा र २०७० को संविधानसभा सदस्यमा विजयी भएका थिए, भने २०५१ को मध्यावधिक निर्वाचन २०६४ मा पहिलो संविधानसभा र संघीयतापछि २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । २०७४ मा वामगठवन्धनबाट उम्मेदवार बनेका एमालेका नवराज रावतले थानीलाई हराएका थिए ।  २०५६ देखि २०६३÷०६३ को पनुः स्थापित प्रतिनिधिसभा कार्यकालको राज्य व्यवस्था समितिको सभापतिसमेत बनेका थिए । थानी २०७० मा संघीय सरकारका गरिवी निवारण तथा सहकारी मन्त्री बनेका थिए । थानी गठवन्धनबाट उम्मेदवार बनेका छन् ।