आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

पूर्ण बहादुर खड्का

मत - 42607

विजयी

पूर्ण बहादुर खड्का (purna bahadur khadka)

नेपाली कांग्रेसका पार्टी उपसभापतिसमेत रहेका पूर्णबहादुर खड्का प्रभावसाली नेताका रुपमा परिचित छन् । राष्ट्रिय राजनीतिमा चतुर खेलाडीको परिचय बनाएका खड्का हालसम्म ६ पटक (२०४८, ०५१, ०५६, ०६४, ०७०) निर्वाचनमा सहभागि हुँदा ५ वटा निर्वाचन जितेका छन्, भने २ पटक गृहमन्त्रीसमेत भई सकेका छन् । २०७४ मा तत्कालिन वामगठवन्धनबाट उम्मेदवार बनेका एमालेका धुव्रकुमार शाहीसँग पराजित भएका थिए । शाहीले खड्कालाई तीन हजार तीन सय ७२ मतले पराजित गरेका थिए । २०६४ को संविधानसभा सदस्यमा खड्का समानुपातिक सांसद भएका थिए । वामगठवन्धनका शाहीले ३६ हजार ७ सय ५९ मत ल्याउनँदा कांग्रेसका खड्काले ३३ हजार ३ सय ७७ मत पाएका थिए । यस पटक पनि खड्का पाँच दलिय गठवन्धनबाट चुनावी मैदानमा छन् भने, एमालेका शाहीले एकल चुनावी प्रतिस्पर्धामा छन् । गठवन्धन बलियो भएका कारण खड्कालाई चुनाव जित्न सहज हुने आँकलन गरिएको छ