आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

अम्मर बहादुर थापा

मत - 18297

विजयी

अम्मर बहादुर थापा (ammar bahadur thapa)

दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा पाँच दलिय गठवन्धनबाट नेकपा एकिकृृत समाजवादीका अमरबहादुर थापा उम्मेदवार बनेका छन् । यी दुई क्षेत्रमा गठवन्धन, एमाले र राष्ट्रय प्रजातन्त्र पार्टी मुख्य प्रतिस्पर्धामा देखा परेका छन् । थापालाई माओवादी र कांग्रेसको साथ छ । दैलेखमा माओवादीको जनाधार कम भएकै कारण थापाको निर्णायक कांग्रेस बनेको छ । प्रदेश अध्यक्षसमेत रहेका थापा तत्कालिन एमालेभित्र फ्लोर क्रस गरेर चर्चामा आएका नेता हुन् । २०७० मा संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभामा निर्वाचित भएका थापा कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रीसमेत बनेका छन् । थापाले पूर्व सहकर्मी एमालेका रविन्द्रराज शर्मासँग प्रतिस्पर्धा गर्दै छन् ।