आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

शक्ति बहादुर वस्नेत

मत - 34151

विजयी

शक्ति बहादुर वस्नेत (shakti bahadur basnet)

एक निर्वाचन क्षेत्र रहेको जाजरकोटमा गठवन्धनबाट माओवादीका शक्तिबहादुर बस्नेत उम्मेदवार बनेका छन् । बस्नेतले २०६४ को पहिलो संविधानसभा सदस्य, २०७० मा दोस्रो संविधानसभा सदस्य र   
२०७४ को प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । २०७४ मा वाम गठवन्धनबाट उम्मेदवार बनेका बस्नेतले नेपाली कांग्रेसका राजिवविक्रम शाहलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । अहिले बस्नेतलाई कांग्रेसको साथ छ । जाजरकोटमा विकासिल नेताका रुपमा परिचित भएका बस्नेतले गृह, वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हाली सकेका छन् ।