आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

प्रकाश ज्वाला

मत - 35700

विजयी

प्रकाश ज्वाला (prakash jwala)

एक निर्वाचन क्षेत्र रहेको सल्यानमा गठवन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ । एमाले विभाजनपछि नेकपा एकिकृत समाजवादीमा लागेका उपमहासचिव एवम् प्रदेश इन्चार्ज प्रकाश ज्वाला गठवन्धनबाट साझा उम्मेदवार बनेका छन् । संसदीय अभ्यासमा विरलै घट्ने घटना फ्लर क्रस गरेर चर्चामा आएका एमालेका ४ जना सांसद मध्ये ज्वाला एक हुन् । २०५६ मा प्रतिनिधिसभा र २०७४ मा प्रदेशसभामा विजयी भएका ज्वाला कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीसमेत सम्हाली सकेका छन् । २०७४ मा तत्कालिन बाम गठवन्धनबाट उम्मेदवार बनेका ज्वालाले कांग्रेसका डिल्लीराज रेग्मीलाई हराएका थिए ।