चौधरी सत्तागठबन्धनको उम्मेदवारको रुपमा नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका हुन् । चौधरी २०६४ को संविधानसभा निर्वाचनमा एमालेबाट र २०७४ मा कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए । हाल उनी कांग्रेसको केन्द्रीय सदस्य छन् । पार्टीबाट यो भूगोलमा काम नगरेका उनी पार्टी केन्द्रको बलियो साथ पाएर नै राजनीतिक चतुर खेलाडी हृदयेश त्रिपाठीसँग भिड्न आएका छन् । ६७ वर्षीय चौधरीले आर्थिकरुपमा सक्षम भएकाले यो क्षेत्रलाई समृद्ध बनाउन प्रत्यक्ष चुनावमा आएको बताएका छन् ।
चौधरी ग्रुपका संस्थापक उनी नेपालमा विभिन्न ठूला उद्योगहरुको लगानीकर्ता हुन् भने नेपाल बाहिर पनि उनको लगानी रहेको छ ।