आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

किस्मत कुमार कक्षपति

मत - 24247

किस्मत कुमार कक्षपति (kishmat kumar kashyapati)

एमाले जिल्ला अध्यक्ष तथा खजुरा गाउँपालिका निवर्तमान अध्यक्ष हुन् किस्मत कक्षपति ।  नेकपा मसालबाट राजनीतिमा लागेका उनी ०५३ मा गुल्मीबाट बाँकेको नेपालगन्ज आएका हुन् । पहिले गुल्मीको वामीटक्सारमा शिक्षण गरेका थिए । नेपालगन्ज गएपछि खाद्यान्न उद्योगी रहेका उनी ०५६ मा मसाल छोडेर एमालेमा लागेका हुन् । बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालको संस्थापक अध्यक्ष बनेर राम्रो काम गरेपछि उनी राजनीतिमा बलियो भएका हुन् ।