आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

शंकर पोख्रेल

मत - 26687

शंकर पोख्रेल (Shankar pokharel)

नेकपा एमालेका महासचिव शंकर पोखरेल विद्यार्थी राजनीतिबाट पूर्णकालीन राजनीतिमा आएका हुन् । त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति तथा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भएर चर्चामा आएका पोखरेलले ०५१ मा सांसद जितेका थिए दाङ २ बाट । सोही क्षेत्रबाट ०५६ मा पराजित भएका उनी ०६४ मा समानुपातिकबाट सांसद बने । ७० मा प्रत्यक्षमा पराजित भएका पोखरेल ७४ मा प्रदेशसभामा जितेर लुम्बिनीको मुख्यमन्त्री बने । जबजको व्याख्याताका रुपमा परिचित पोखरेल यसअघि संचार मन्त्री भइसकेका छन् । एमाले अध्यक्ष केपी ओलीको विश्वास पात्र मानिने पोखरेल यसअघि पार्टीको विभिन्न जिम्मेवारी पूरा गर्दै दशौं महाधिवेशनबाट महासचिवमा चुनिएका हुन् । नवौ महाधिवेशनमा उपमहासचिवमा पराजित भएपनि स्थायी कमिटीमा रहेर उनले काम गरेका थिए । दाङ तुल्सीपुर उपमहानगर १९ मा घर भएका पोखरेलको श्रीमति सुजिता शाक्य पनि पार्टी पोलिटब्युरा तथा यसअघि सांसद थिइन् ।