आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

मेटमणि चौधरी

मत - 26563

विजयी

मेटमणि चौधरी (Metmani Chaudhary)

नेकपा एसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि हालका शहरी विकास मन्त्री हुन् । २०७४ सालको निर्वाचनमा एमालेका तर्फबाट यहीँ निर्वाचन क्षेत्रबाट चुनाव जितेका मेटमणि तत्कालीन एमालेका जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य थिए । पार्टी विभाजन भएसँगै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका हुन् । अनेरास्ववियुबाट राजनीति सुरु गरेका उनी जिल्ला सदस्य हुँदै केन्द्रीय सदस्य बनेपछि पार्टीमा ५८ सालमा जिल्ला सदस्य भएका थिए । ०६५ मा पार्टीको जिल्ला सचिवमा पराजित भएपछि क्षेत्रीय कमिटीमा बसेर काम गरेका थिए । ०७१ मा केन्द्रीय वैकल्पिक सदस्य भए तथा जिल्ला इन्चार्ज भएका उनी ०७४ मा पहिलो पटक उम्मेदार बनेर सांसद जितेका थिए । एमाले विभाजनपछि नेकपा एसमा लागेका उनी स्थायी कमिटी सदस्य रहेका छन् ।