आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

बर्षमान पुन

मत - 41714

विजयी

बर्षमान पुन (barsaman pun)

वर्षमान पुन दोस्रो पटक रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । २०६४ को पहिलो संविधानसभा चुनाव ललितपुर–१ बाट जितेका वर्षमान २०७० सालमा मोरङ–९ बाट पराजित भएका थिए । २०७४ सालमा रोल्पाबाट उनी निर्वाचित भएका थिए । अध्यक्ष पुष्पकमल दाहालका विश्वास पात्र मानिने पुन पटक–पटक सरकारमा पुगेका छन् । २०६७ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री भएका पुन २०६८ मा अर्थमन्त्री भए । २०७४ मा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री भए । रोल्पा नगरपालिका–७ का बासिन्दा वर्षमान निम्न मध्यमवर्गीय परिवारमा २०२८ मा जन्मिएका हुन् । २०५५ मा माओवादीको केन्द्रीय सदस्य बनेका पुन लामो समय स्थायी समिति सदस्य तथा सचिवालय सदस्य भए । सशस्त्र युद्धमा तत्कालीन माओवादीले गठन गरेको ७ वटा सैन्य डिभिजनमध्ये वर्षमान पूर्वी क्षेत्रको कमाण्डर थिए । हाल उनी नेकपा माओवादी केन्द्रको उपमहासचिव छन् ।