आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

पूर्ण बुढामगर

मत - 16485

पूर्ण बुढामगर (purna buda magar)

२०४२ मा रोल्पाको त्रिवेणीमा जन्मिएका पूर्णबहादुर बुढा २०५४ सालमा अखिल क्रान्तिकारीको सदस्य हुँदै २०५६ मा एरिया कमिटी अध्यक्ष हुँदै पार्टीमा भूमिगत भएका थिए । २०५८ सालमा अखिल क्रान्तिकारीको रोल्पाको कार्यवाहक अध्यक्ष र २०५९ मा माओवादी लडाकुको प्लाटुन कमान्डर र नेकपा माओवादी रोल्पाको जिल्ला कमिटी सदस्य भएका थिए । २०६१ मा माओवादी लडाकुको कम्पनी कमान्डर र कम्पनी कमिसारको जिम्मेवारी पाएका उनी पछि बटालियन कमाण्डरसम्म भए । त्यतिबेला उनको कमाण्डर उपराष्ट्रपति नन्दकिशोर पुन थिए । २०५७ मंसिरमा माओवादीले दाङको घोराहीस्थित नेपाली सेनाको ब्यारेक आक्रमण गर्दा पूर्णले कमाण्डर वर्षमान पुन मातहतमा काम गरेका थिए । माओवादी सेना समायोजनको समयमा २०६६ देखि २०६८ पूर्णले बालानन्द शर्मा नेतृत्वको सेना समायोजन विशेष समितिमा रहेर काम गरेका थिए । एमाले र माओवादीको एकीकरण खारेज भएर उनी एमालेमै बसे । उनी लुम्बिनी प्रदेश कमिटी सदस्य छन् ।