नेकपा माओवादीको सचिव रहेका चक्रपाणी खनाल पार्टीमा बलदेव नामले चिनिन्छन् । माओवादी युद्धकालदेखि नै प्रचण्डको विश्वास पात्र मानिएका उनी पहिलेदेखि कमाण्डरको भूमिकामा रहेका थिए । शान्ति प्रकृयामा आएसँगै उनी कपिलवस्तुको क्षेत्र नं १ मा उम्मेदार बन्दै आएका छन् । ०६४ देखि सो क्षेत्रमा लड्दै आएका उनी ७० मा पराजित भए भने ०७४ मा पुन सोही क्षेत्रबाट जितेका थिए । यसअघि कृषिमन्त्री बनेका खनाल अहिले सत्ता गठबन्धनको समर्थनमा रहेका छन् ।