आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

सर्वेन्द्र नाथ शुक्ला

मत - 28000

विजयी

सर्वेन्द्र नाथ शुक्ला (sarbendra nath sukla)

सर्वेन्द्रनाथ शुक्ला पटकपटक दोहोरिने उम्मेदारको पहिलो सूचिका नेता हुन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले रूपन्देहीबाट छैठौंपटक चुनावी प्रतिस्पर्धा गरिसकेका छन् । उनी २०४८ सालमा रुपन्देही–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चुनाव लडेर पराजित भए । २०५१ सालमा सोही क्षेत्रबाट उम्मेदवार बनेर चुनाव जिते । २०५६ सालमा राप्रपाबाटै चुनाव लडेर फेरि पराजित भए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रुपन्देही–६ मा तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट उम्मेदवार बनेर पराजित भए । २०७० सालमा तमलोपाबाटै सोही क्षेत्रबाट जीत निकाले । २०७४ सालमा राष्ट्रिय जनता पार्टीबाट रूपन्देही–४ बाट उम्मेदवार भएर पराजित भएका थिए । उनी रुपन्देहीको मर्चवार निवासी हुन् ।