आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

केशव बहादुर थापा मगर

मत - 22027

केशव बहादुर थापा मगर (Keshab Bahadur Thapa Magar)

रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि सत्तारुढ दलको समर्थनमा राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवार बनेका केशवबहादुर थापा मगर सो पार्टीका कार्यकारी अध्यक्ष हुन् । उनी पहिलोपटक निर्वाचनमा सहभागी भएका हुन् । 
जनमुक्तिका केन्द्रीय अध्यक्ष केपी पालुंगापछि दोस्रो नेता कार्यकारी अध्यक्ष केशव रुपन्देही २ बाट चुनावी मैदानमा छन् । २०४३ सालतिर केशव मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादी निकट प्रगतिशील विद्यार्थी युनियनमा आबद्ध थिए । २०४६ सालको आन्दोलनमा उनी माक्र्सवादीबाटै आन्दोलनमा सहभागी भएका थिए । पछि माक्र्सवादी र माले एकीकरण बनेर एमाले बनेपछि उनी खासै राजनीतिमा सक्रिय भएनन् । ०५१ सालमा राष्ट्रिय जनमुक्तिमा आवद्ध भए भने ०५३ सालमा पार्टीको पश्चिमाञ्चल सचिव, ०५६ सालमा केन्द्रीय सदस्य भएका उनी उपमहासचिव, महासचिव हुँदै गत भदौबाट कार्यकारी अध्यक्ष भएका हुन् ।