२०१६ सालमा स्याङ्जा पुतलीबजारमा जन्मिएका पौडेल ३५ सालदेखि तल्कालीन माले हुँदै एमाले र नेकपाको राजनीतिको शीर्ष तहमा पुगेका छन् ।
५९ सालदेखि एमाले स्थायी कमिटी सदस्य हुँदै १०औं महाधिवेशनबाट पौडेल उपाध्यक्ष बनेका छन् । २०५१ को मध्यावधि चुनावमा उनी पाल्पाबाट विजयी भए । त्यसपछि रुपन्देहीबाट चुनावमा लड्दै आएका छन् । ५६ मा पराजित भए भने ६४, ७० र ७४ मा लगातार विजयी भएका छन् ।
२०५३ सालमा लोकेन्द्रबहादुर चन्दको मन्त्रिमण्डलमा युवा, खेलकुद तथा संस्कृति मन्त्री बनेका पौडेल २०६५ मा प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा जलस्रोत मन्त्री बने। २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री, ७२ मा केपी ओलीको सरकारमा अर्थमन्त्री बने । दोस्रोपटक ओली प्रधानमन्त्री हुँदा पनि उनी पुनः अर्थमन्त्री बने । उनी उपप्रधान, गृहमन्त्रीसमेत बनेका थिए । राजनीतिमा आउनुअघि उनी शिक्षण पेशामा थिए ।