घनश्याम भुसाल एमाले छाडेर स्वतन्त्र सत्तागठबन्धनको उम्मेदार समर्थनपञ्चायतविरुद्ध विद्यार्थी राजनीतिबाट राजनीति प्रवेश, त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषयमा एम.ए. उत्तीर्ण, २०५० सालमा नेकपा एमाले रूपन्देही जिल्ला कमिटीको उपसचिव र २०५१ मा सचिव । २०५३ सालमा रुपन्देहीबाट प्रतिनिधि सभा सदस्य, २०६५ सालमा नेकपा एमाले केन्द्रीय सदस्य तथा अध्ययन तथा अनुसन्धान विभाग प्रमुख । ०७१ सालमा एमालेको उपमहासचिव । पार्टी महाधिवेशनमा उपाध्यक्षमा पराजित भएपछि स्थायी समिति सदस्य मनोनित । असोज २२ मा पार्टी छाडेको घोषणा र अर्को दिन माओवादी कोटामा परेको रुपन्देही १ मा सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दर्ता । झलनाथ खनाल प्रधानमन्त्री हुँदा मन्त्री, २०७४ सालमा रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य, २०७६ सालमा कृषि तथा पशुपन्छी विकास मन्त्री । माक्र्सवादका विश्लेषक तथा सिद्धान्तकारका रुपमा पहिचान बनाएका भुसाल राजनीतिक अर्थशास्त्र, इतिहास र समाजशास्त्रमा दख्खल राख्ने नेतामा पर्दछन् ।