आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

छविलाल विश्वकर्मा

मत - 24882

विजयी

छविलाल विश्वकर्मा (Chhabilal Bishwokarma)

६० वर्षीय छविलाल विक विद्यार्थीकालबाटै राजनीतिमा तानिएका हुन् । स्नातक तह अध्ययन पूरा गरेका उनी ०३६ मा बुटवल बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति भएका थिए । ५१ सालबाट एमालेको पूर्णकालीन राजनीतिमा लागेका उनी केन्द्रीय सदस्य, पोलिटब्युरो, स्थायी कमिटी हुँदै अहिले पार्टी सचिवमा पुगेका छन् । ०६४ मा संविधान सभा सदस्य रहेका विश्वकर्मा ०६५ मा कृषि मन्त्री बनेका थिए । ७० सालमा रुपन्देही १ बाट उपविजेता बनेका उनी ०७४ सालमा सोही क्षेत्रबाट विजयी भएका थिए ।  नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हुन् छविलाल विश्वकर्मा । पूर्व कृषि मन्त्री रहेका विश्वकर्मा यसअघि पनि रुपन्देही १ बाट निर्वाचित सांसद हुन् । उनलाई राप्रपा, जसपाले साथ दिएको छ । दलित समुदायबाट एमालेको पदाधिकारीमा पुगेका विश्वकर्मा आगामी निर्वाचनमा रुपन्देही १ बाट पुनः उम्मेदार बनेका छन् । 

रुपन्देही क्षेत्र १ का अन्य उम्मेदवारहरू