पूर्वखोला गाउँपालिका–३ २०२६ मा जन्मेका नारायणप्रसाद आचार्यले प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट २०३९ सालबाट राजनीतिमा लागेका उनी २०४६ सालमा पञ्चायती व्यवस्था विरुद्ध जनआन्दोलनमा सक्रिय भए । २०४७ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा संगठित भएका आचार्य २०४९ मा एमाले इलाका नं. ४ कमिटीको सदस्य तथा २०५४ मा रिङनेरह गाविसको अध्यक्ष भए । ०५५ सालदेखि पाल्पा जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष हाल प्रदेश कमिटी सदस्य तथा यसअघि १ को २ बाट प्रदेश सांसद निर्वाचित भएका थिए ।