गुल्मीको छत्रकोट गाउँपालिका वडानम्बर–१ हुँगाका डा.चन्द्र भण्डारी नेपाली काँग्रेसका प्रभावशाली नेता हुन् । परिवारका सदस्य नेपाली काँग्रेसका पृष्ठभूमिका भएका कारण उनलाई सानै उमेरदेखि राजनीतिले प्रभाव पारेको थियो । औपचारिक राजनीति भने उनले १५ वर्षको उमेरबाटै सुरु गरे । ०३६, ०४६, ०६२, ०६३ सालका परिवर्तनका आन्दोलनमा सहभागी छन् । भण्डारी ०६४, ०७० र ०७४ मा भएका चुनावमा गुल्मी क्षेत्रनम्बर–२ बाट काँग्रेसबाट संसदको उम्मेदवार भए । तर, उनले ०७० को चुनावमा मात्रै जिते । पार्टीमा संस्थापन इतर समूहमा रहेका भण्डारी केन्द्रीय उपसभापतिमा पराजित उनी त्यसअघि केन्द्रीय सदस्य रहेका थिए ।