आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

प्रदिप कुमार ज्ञवाली

मत - 32152

प्रदिप कुमार ज्ञवाली (Pradip Kumar Gyawali)

गुल्मीको रुरुक्षेत्र गाउँपालिका बलेटक्सार वडानम्बर–४ का प्रदीप ज्ञवाली नेकपा एमालेका प्रभावशाली नेता हुन् । परिवारका सदस्य बामपन्थी पृष्ठभूमिका भएका कारण उनलाई पनि सानै उमेरदेखि राजनीतिले प्रभाव पारेको थियो । औपचारिक राजनीति भने उनले ०३० सालमा अखिल नेपाल क्रान्तिकारी बिद्यार्थी संघको प्रारम्भिक कमिटीबाट सुरु गरे । ०३६ सालदेखि ०६२–०६३ सालको परिवर्तनका आन्दोलनमा सहभागी बने । उनी ०५६, ०६४, ०७० र ०७४ मा भएका चुनावमा गुल्मी क्षेत्र नं २ बाट एमालेका तर्फबाट उम्मेदवार भएका थिए । पर्यटन मन्त्री, परराष्ट्रमन्त्री बनेका उनी पार्टीको विभिन्न तहमा काम गर्दै अहिले उपमहासचिव छन् ।