प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्ने आकांक्षा सहित पूर्व मन्त्री रोमी गौचन नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट मुस्ताङ पार्टी सभापति भएका थिए । पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा सिफारिस भएका गौचनले यसपटक आफ्नै छोरा योगेशलाई उम्मेदवार बनाउन सफल भए ।