२०७० सालको निर्वाचन अघिसम्म नेपाली कांग्रेसमा सक्रिय तुलाचन त्यस निर्वाचनमा कांग्रेसका बागी उम्मेदवार थिए । कांग्रेसका तत्कालीन उम्मेदवार रोमी गौचनसँग झिनो मतान्तरले पराजित भएका थिए । २०७३ सालमा नेकपा एमाले प्रवेश गरेर २०७४ को निर्वाचनमा उनै गौचनलाई पराजित गर्न सफल भए । यसपालि उनको प्रतिस्पर्धा आफ्नै पारिवारिक सम्बन्ध समेत रहेका गौचनकै पुत्र योगेश गौचनसँग प्रतिस्पर्धामा छन् ।