२०७५ साल फागुन १५ गते रवीन्द्र अधिकारीको निधनपछि भएको उपनिर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न त्रिभुवन विश्वविद्यालयको सहायक प्राध्यापकबाट विद्या भट्टराईले राजीनामा गरेकी थिइन् । प्राध्यापन अघि विद्यार्थी राजनीतिमा पनि क्रियाशील भट्टराईलाई एमालेले यसपटक पनि सोही निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको छ ।