दुई कार्यकालसम्म प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिको चतुर खेलाडी हुन् । २०६४ मा रोल्पा र काठमाडौं, २०७० मा काठमाडौं र सिराहाबाट चुनाव लडेका प्रचण्डले काठमाडौंमा दोस्रो इनिङ्समा पराजित बने पनि सिराहाबाट जितेर सांसद बने । २०७४ मा वाम गठबन्धनबाट चितवनबाट निर्वाचित प्रचण्ड यसपालि भने गोरखा उक्लेका छन् ।