राप्रपाका केन्द्रीय उपाध्यक्ष तथा नेपालका चर्चित निर्माण ब्यवसायी विक्रम पाण्डे पुनः चितवनबाट प्रतिनिधिसभामा उम्मेद्वार बनेका छन् । यस अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पराजित भएका पाण्डे यो पटक जित्ने उदेश्यको साथमा पुनः चितवन–३ बाट मैदानमा छन् । विकासप्रेमीको पहिचान बनाएका पाण्डे यो पटक जनताद्वारा अनुमोदन हुने उदेश्य बोकेर चुनावी प्रतिस्पधाएमा उत्रिएका छन् ।