नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ पनि चुनावी राजनीतिमा मकवानपुरमा सधै असफल बनेकी महिला नेतृ हुन् । पटक–पटक प्रत्यक्ष निर्वाचनमा भाग लिएर पराजित भएकी डिना समानुपातिक कोटाबाट भने प्रतिनिधिसभा सदस्य बनेकी थिईन् । यो पटक डिनालाई कांग्रेसले पुनः प्रत्यक्षमा उम्मेद्वार बनाएर मकवानपुर पठाएको छ ।