कांग्रेस नेता मोहन बहादुर बस्नेत २०४८ कै आम निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट चुनावी प्रतिस्पर्धामा भाग लिँदै आएका थिए। तर, अहिले गठबन्धनका कारणले क्षेत्र परिवर्तन गर्न परेको छ। उनी पहिलो पटक सिन्धुपाल्चोक २ बाट चुनाव लड्दैछन्। विसं २०४८ मा एमालेका अमृतकुमार बोहरासँग पराजित भएका बस्नेतले २०५६ मा उनै बोहरालाई नै हराएर सांसद बने । विसं २०६४ मा टिकट पाए पनि हार व्यहोर्नुपरे पनि २०७० मा चुनाव जितेर बस्नेत मन्त्रीसमेत भए । अघिल्लो संसदीय चुनाव निर्वाचनमा माओवादी अग्निप्रसाद सापकोटासँग पराजित भएका थिए।