एमाले स्थायी कमिटी सदस्य समेत रहेका शेरबहादुर तामाङ सिन्धुपाल्चोक २ का उम्मेदवार हुन्। पहिलो पटक २०५६ मा नेकपा मालेबाट सिन्धुपाल्चोक–३ मा उम्मेदवार बनेका उनले २०६४ सालमा एमालेबाट उम्मेदवार बनेपछि पराजय व्यहोरेका थिए। विसं २०७० मा सिन्धुल्पोल्चोक–३ बाटै पहिलो पटक तामाङले चुनाव जितेका थिए । तीन वटा निर्वाचन क्षेत्र घटेर अहिले दुईवटामा झरेपछि तामाङ २०७४ सालमा क्षेत्र नं २ बाट विजयी भएका थिए । उनी कानुन र स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेको अनुभव छ।