माधव सापकोटा ‘सुवोध’ पहिलो पटक प्रतिनिधि सभा सदस्यका लागि सिन्धुपाल्चोक १ बाट उम्मेदवार बनेका छन्। तत्कालिन सभामुख अग्निप्रसाद सापकोटा ९काका० र कांग्रेसका पूर्वमन्त्री मोहन बस्नेतलाई पन्छाएर उनी टिकट पाउन सफल भए। १३ वर्षकै उमेरमा पार्टीको विद्यार्थी संगठनमा लागेर २०५२ पछि जनयुद्धमा भूमिगत भएका थिए। त्यसपछि पार्टीको विभिन्न जिम्मेवारी सम्हाल्दै आएका सापकोटा २०७३ मा पार्टी केन्द्रीय समिति सदस्य, २०७५ मा पार्टी एकता हुँदा नेकपा केन्द्रीय समिति सदस्य तथा जिल्ला सह–इन्चार्जको समेत जिम्मेवारी सम्हाले। नेकपा भंग भएपछि २०७९ मा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज बने। हालै माओवादीको पोलिटव्युरो सदस्य छन्।