बागमती प्रदेशको मन्त्रीसमेत भइसकेका सरेश नेपाल सिन्धुपाल्चोक १ मा उम्मेदवार बनेका छन्। २०७४ को निर्वाचनमा उनी प्रतिनिधिसभा–१ प्रदेशसभा ‘२’ बाट विजयी भएका थिए। उनीसँग एमाले केन्द्रीय सदस्य सरेश गाविस अध्यक्ष हुँदै एक कार्यकाल तत्कालीन जिल्ला विकास समितिको सिन्धुपाल्चोकको उपसभापति र एक कार्यकाल जिल्ला सभापति भइसकेको अनुभव छ। २०४० सालमा त्रिपुरासुन्दरी गाउँपालिका ४ पिस्कर गाउँमा पञ्चायती शासनविरुद्धको कम्युनिष्ट विद्रोहको चर्चित घटना पिस्कर हत्याकाण्डको विरोध गरेबापत लामो समय भूमिगत जीवन बिताउनु परेको थियो । सोही क्रममा २०४० देखि ०४३ सालसम्म जेल जीवनसमेत बिताए। २०४८ सालमा जिल्ला विकास समिति सिन्धुपाल्चोकका उपसभापति र २०५३ मा जिल्ला विकास समितिको सभापति भए ।