डा. तोसिमा कार्की रवि लामिछाने नेतृत्वका राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार हुन्। उनी मेडिकल काउन्सिलको कार्यकारी सदस्य पनि हुन्। काउन्सिलको सदस्यलाई लाभको पद भएको निष्कर्षसहित निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। तर, सर्वोच्च अदालतले उनको उम्मेदवारी कायम गरेका छ। आयोग र अदालतको कारणले चर्चामा रहेकाी कार्की युवामाझ परिचित छिन्।