आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

प्रकाश मान सिंह

मत - 7143

विजयी

प्रकाश मान सिंह (Prakash Man Singh)

कांग्रेस नेता प्रकाशमान सिंहले यही क्षेत्रबाट तीनपटक सांसद जितिसकेका छन् । यतिखेर चौथो जितको दाउमा छन् उनी ।  

प्रकाशमान २०४८ मा एमाले उम्मेदवार सहाना प्रधानसँग काठमाडौं- ४ मा र २०५१ मा काठमाडौं-३ मा एमालेकै मनमोहन अधिकारीसँग पराजित भएका थिए । २०५३ मा उनी राष्ट्रियसभा सदस्य बने । २०६४ को पहिलो संविधानसभा चुनावमा काठमाडौं-१ बाट सिंहले जिते त्यसपछिका दुई चुनाव पन उनले जिते । 

गणेशमान सिंहका छोरा उनको जन्म २०१२ सालमा भएको थियो । प्रकाशनले नेविसंघबाट राजनीति सुरू गरेका हुन् । उनी नेविसंघको केन्द्रीय अध्यक्षसमेत बने । सिंहले केही समय प्राध्यापन समेत गरे । उनी प्रजातन्त्रको पुन:स्थापनापछि एक दशक कांग्रेसको काठमाडौं जिल्ला सभापति बने । कांग्रेसको १०औं महाधिवेशनअघि तत्कालीन केन्द्रीय सभापति गिरिजाप्रसाद कोइरालाले हटाएका १७ जिल्ला सभापतिमा सिंह पनि परेका थिए । १०औं महाधिवेशनमा उनी केन्द्रीय सदस्य बने ।

पछि सिंहले पार्टी विभाजनताका देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकतिर लागेर उपसभापति बने । १२औं महाधिवेशनबाट प्रकाशमान महामन्त्रीमा निर्वाचित भए । १४औं महाधिवेशनमा सभापतिमा भिडेका उनले दोस्रो चरणमा देउवालाई साथ दिए । 

काठमाण्डौँ क्षेत्र १ का अन्य उम्मेदवारहरू